arrow

महामारीमा जनताको मन जितेका वडाध्यक्ष

logo
भेषराज बस्नेत,
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
banke-camp.jpg

राँझा । खजुरा गाउँपालिका-१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० श्ययाको आइसोलेशन सेन्टर तयार गरेका छन् । बाँकेमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय तह अलमलमा परिरहेका बेला मल्ल राधापुर स्वास्थ्यचौकीमा व्यक्तिगत रुपमा करीब रु पाँच लाख लगानी गरी अक्सिजन सुविधाको आइसोलेशन निर्माण गरेर जनतालाई संक्रमणबाट बचाउन लागि परेका छन्  ।

“महामारीका बेला सबभन्दा पहिला जनतालाई स्वास्थ्य सेवा पुर्‍याउनु नै पहिलो प्राथमिकता हो । लकडाउनको बेला बिरामीलाई गाउँबाट अस्पताल पुर्‍याउने कुरा पनि समस्या हुने भएकाले गाउँमै तत्काल उपचार पाउने गरी आइसोलेशन तयार गरेका छौँ”, मल्लले भने, “भेरी अस्पतालमा बिरामीले बेड र अक्सिजन नपाउने समस्या रहेकाले कम्तीमा गाउँमै त्यो सेवा प्रदान गर्न सकौँ भन्ने हाम्रो प्रयास हो ।”

वडाध्यक्षको लगानीमा राधापुर स्वास्थ्यचौकीमा अक्सिजनको आइसोलेशन श्ययाको व्यवस्था भएपछि वडामा संक्रमित कोभिडका बिरामीलाई धेरै सहजता भएको स्थानीय अगुवा विनोद थापाले बताए ।  तीव्र गतिमा देखिएको कोरोना संक्रमण रोकथामका लागि आजदेखि बाँकेभरि बन्दाबन्दी थपिएको छ । बन्दाबन्दीमा अधिकांश जनप्रतिनिधि घरघरमै रहेका छन् तर खजुरा गाउँपालिका-४ का अध्यक्ष तिलकवीर सुनारको पनि दैनिकी भने बदलिएको छ ।

 भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा बिरामीलाई अक्सिजन खरीदका लागि रु एक लाख ३२ हजारभन्दा बढी रकम प्रदान गर्नुभएका वडाअध्यक्ष सुनारले अहिले वडामा भारतलगायत बाहिरी मुलुकबाट आउने व्यक्तिको पहिचान र सम्भावित संक्रमितको खोजीमा दिन बिताउने गरेका छन् ।

“मेरो वडामा धेरै दाजुभाइ भारतबाट फर्किनुभएको छ, उनहरुको स्वास्थ्य अवस्था बुझ्न र नयाँ बिरामी भेटिए तत्काल अस्पताल पुर्‍याउन जनताको घरदैलोमै घुमिरहेको छु”, सुनारले भने, “जुनसुकै बेला पर्न सक्ने अप्ठेरो परिस्थितिलाई ध्यानमा राखेर जनतालाई आवश्यक सजगता र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै हिँडिरहेको छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ