arrow

व्हीलचेयरमा विमानस्थल उत्रिएका प्रकाशले पाए दोस्रो जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
nrna-jiban.JPG

काठमाडौं ।  गत अक्टोबर महिनामा काठमाडौं स्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री व्हीलचेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएनन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारीरिक रूपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, बिर्तामोड नगरपालिका वडा नं १० निवासी  ३५ वर्षीय प्रकाश गुरुङ  अहिले ठमठम हिँड्छन् । शारीरिक रूपमा पनि तन्दुरुस्त छन् ।

नेपाल फिरेको झन्डै ६ महिनाको अन्तरालमा गुरुङले नयाँ जीवन पाएका छन् । उनका आफन्तहरू समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर चकित छन् । गुरुङका आफन्त मध्येका एकले भने कस्तो अवस्थामा नेपाल आएको थियो अहिले कस्तो राम्रो भयो, हामी त कल्पना पनि गरेका थिएनौ यस्तो सुधार होला भनेर । अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, केही हिँडडुल  गर्न सक्छन् ती आफन्तले बताए ।  अहिले छरछिमेकमा समेत खुसीयाली छ । गैर आवासीय नेपाली सङ्घले गत वर्ष देशी सुरु गरेको मानवीय उद्धारको सहयोगको प्रशंसा गाउँ गाउँ सम्म हुने गरेको छ ।

प्रकाश अहिले फुर्सदको बेला साथीभाईहरु संग गफिएर बस्ने गर्छन् । उनको खुसीको सीमा छैन ।  “सबैको सामूहिक प्रयास हुँदा अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ” ।

उनी वैदेशिक रोजगारीका सिलसिलामा सन् २०१३ मा साउदी अरबमा गएका थिए । जटिल स्वास्थ्य समस्याका कारण झन्डै ७ वर्ष  साउदी अरबको अस्पतालमा भर्ना भई झन्डै अचेत अवस्थामा रहेका उनलाई गैर आवासीय नेपाली सङ्घले नेपाली राजदूतावास सँगको समन्वयमा गत अक्टोबरमा अन्तिम साता सङ्घको राहत तथा उद्धार कार्यक्रम अन्तर्गत सकुशल उद्धार गरी नेपाल फर्काएको थियो ।  

गुरुङलाई नेपाल सम्म फर्काउने कार्यमा साउदीस्थित गैर आवासीय नेपाली सङ्घका  पदाधिकारीहरू, नेपाली राजदूतावास साउदी अरेबिया तथा सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सी.ले महत्त्वपूर्ण भूमिका खेलका थिए ।

गैर आवासीय नेपाली सङ्घको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरूको उद्धारको कार्य जारी राखेको छ । सङ्घले हाल सम्म १७ हजार भन्दा बढीको उद्धार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ