arrow

ग्लोबल आइएमई बैङ्कको नाफामा उल्लेख्य सुधार, चैत्र मसान्तसम्ममा  ३ अर्ब ५७ करोड खुद नाफा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
global-ime-bank.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैङ्कले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात् ३२.४० प्रतिशत बढी नाफा हो।

यस अवधिमा बैङ्कको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यसै गरी, बैङ्कको खुद कर्जा लगानी १ खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको जनाइएको छ। गत आर्थिक वर्षको आषाढ मसान्तमा १.७६ प्रतिशत रहेको निष्क्रिय कर्जा चैत्र मसान्तसम्म क्रमिक सुधार भई १.६१ प्रतिशतमा झरेको छ।

बैङ्कले आफ्नो व्यवसायमा गरेको वृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटलाइजेशन तर्फ गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता जस्ता नीतिहरूको कारण वित्तीय प्रगति गर्न सफल भएको बताएको छ।

गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैङ्कको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ ५ पैसा कायम भएको छ । यस अवधिसम्ममा बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ।

बैङ्कको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ। बैङ्कको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैङ्कका ग्राहकहरू समेत प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्नेछन्। नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गरेको पुर्न कर्जाले आफ्ना ग्राहकहरूको व्यापार व्यवसायमा थप सघाउ पुर्‍याउने बैङ्कको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ