arrow

‘ओली सरकारको भर नगरौं आफैं बचौं र बचाऊँ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
Arjun-Narasing-Kc-260x300.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कोरोना भाइरसको महामारीबाट आफैं बच्न र बचाउन आग्रह गरेका छन् । महामारीले चरम रुप लिँदासमेत केपी शर्मा ओली नेतृत्वको सरकारले उचित कदम नचालेको भन्दै आफैं बच्न र बचाउन नेता केसीले आग्रह गरेका हुन् । 

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै बिहीबार एकैदिन कोरोनाबाट मृत्यु हुनेको सबैभन्दा बढी संख्या ३५ पुगेको र एक हप्तामा २२८ प्रतिशतले संक्रमित वृद्धि भएको उल्लेख गर्दै यस्तो परिस्थितिलाई सामना गर्ने सरकारको तयारी नदेखिएको भन्दै आलोचनासमेत गरेका छन् । 

त्यसैगरी निषेधाज्ञा जारी गरेपछि पर्ने असरका बारेमासमेत सरकार तयार नदेखिएको भन्दै उनले लेखेका छन्, ‘जनजीवनका आर्थिक, सामाजिक र अन्य असरबारे सरकारी कुनै तयारी देखिन्न ।’

उनले अगाडि लेखेका छन्, ‘देश भयावह र त्रस्त छ । ओली सरकार सत्ता खेलको कुरुप, घृणित र लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा ब्यस्त छ । आफैं बचौं र बचाउँ !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ