arrow

मकवानपुरमा ७६ जनामा कोरोना पुष्टि, दुईको निधन 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
covid-makwanpur.JPG

हेटौँडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउसो २ बजेको विवरण अनुसार ९३ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परीक्षणमा १९ जना संक्रमित थपिएका हुन् । जसमा हेटौँडा उपमहानगरपालिका भित्रका ५९ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १ जना, मनहरी गाउँपालिकामा ४ जना, भीम फेदी गाउँपालिकामा १ र मकवानपुर गढी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८ जना र संस्थागत आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । 

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ४ हजार ७२२ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित ८५१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने स्वास्थ्य कार्यालयका अनुसार मकवानपुरमा मृत्यु हुने संक्रमितको सङ्ख्या ४० पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ