- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज ४ ६० वर्षीय पुरुष रहेका छन् । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मंगलबार राति पौने १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमै उपचाररत डुडुवा गाउँपालिका ५ का २७ वर्षीय पुरुषको बुधबार बिहान ४ बजेर ४० मिनेटमा मृत्यु भएको ओलीले जानकारी दिएका छन् ।
यी दुई मृतकसगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ।