arrow

सभामुख र सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
PCR-Speaker-agni.jpg

काठमाडौं । वैशाख २७का लागि आह्वान गरिएको प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि १ सय २८ सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ । 

बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभाका सभामुख, सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादा पालक लगायतका गरी ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको हो ।  बाँकी सांसदहरूको बिहीबार पनि पिसिआरका लागि स्वाब सङ्कलन गरिने छ । 

बुधवार पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव सङ्कलन गरिएको सङ्घीय संसद्का सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ