arrow

गरिमा बैङ्कले किन्यो केसीएलको शेयर

logo
भूपराज बस्याल,
प्रकाशित २०७८ असार ६ आइतबार
garima.JPG

स्याङ्जा  । स्याङ्जाबाट स्थापना भएर राष्ट्रिय स्तरको विकास बैङ्क भएको गरिमा विकास बैङ्कले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गरेको छ ।

शेयर खरिद सम्झौतामा गरिमा विकास बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दीपक पाण्डेले हस्ताक्षर गरेका छन् । 

गरिमा विकास बैङ्कले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौता अनुसार केसीएल अब  गरिमा विकास बैङ्कको सहायक कम्पनी बनेको छ । 

साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ । केसीएल नेपाल धितो पत्र बोर्डबाट लाइसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ  । 

देशभरिका विकास बैङ्क मध्ये सेवा प्रवाहमा उत्कृष्ट गरिमा बैङ्क पछिल्लो समय सेवाग्राहीका लागि एक पछि अर्को सेवा दिन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ