arrow

गरिमा बैंकले सार्वजनिक गर्‍यो ‘गरिमा फाइभ इन वान बचत खाता’

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
garima-five-in-one.jpg

काठमाडौँ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा फाइभ इन वान बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, मेरो शेयर र सी आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम एक हजार रुपैयाँमा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेब बैंकिङ, एटीएम, सी आस्वा तथा गरिमा क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबाट  डिम्याट, शेयर ट्रेडिङ (टीएमएस) र मेरो शेयर खाता साथै लकर सुविधामा ५० प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ । 

यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ. ।

गरिमाले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्मसमेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो । 

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालका विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटीएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ