arrow

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
garima-loan-2080.jpg

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरी यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।  

यो योजन अन्तर्गत व्यवसाय–उद्यम शुरुआत वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक व्यक्तिले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।   

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय, ५१ एटीएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आइरहेको जनाएको छ  ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ