arrow

गरिमा विकास बैङ्कका ग्राहकले विदेशबाट पनि मोबाइल बैङ्किङ चलाउन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
garima-digi-batuwa-mobile-banking.jpg

काठमाडौँ। गरिमा विकास बैङ्कले विदेशबाट पनि मोबाइल बैङ्किङ चलाउन सक्ने सेवा सञ्चालनमा ल्याएको छ। बैङ्कले आफ्ना ग्राहकहरू लक्षित यो सुविधा ल्याएको हो। अध्ययन एवं विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा बैङ्कले मोबाइल बैङ्किङ सेवा सुचारु गरेको हो।

धेरै नेपालीहरू विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैङ्क खातासम्मको पहुँच जस्तै, कारोबार विवरण हेर्न तथा स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको हुँदा गरिमा विकास बैङ्कले विदेशमा रहेका आफ्ना ग्राहकहरूको पहुँच हुने गरी मोबाइल बैङ्किङ सेवालाई स्तरोन्नति गरेको हो।

अब विदेशमा बसी यस विकास बैङ्क मार्फत मोबाइल बैङ्किङ सेवा लिन चाहने ग्राहकहरूले बैङ्कले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिन सक्ने बैङ्कले जनाएको छ।

साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैङ्कको वेब बैङ्किङ पनि सजिलै चलाउन सकिने छ।

बैङ्कले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैङ्किङ विवरण (जस्तै: पिन, पासवर्ड, ओटिपि आदि) नमाग्ने  भएकाले फोन कल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैङ्किङ विवरण अरूलाई नदिन समेत बैङ्क अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ