arrow

गरिमा विकास बैंकको १२२ औँ शाखा कार्यालय कीर्तिपुरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
garima-bikas-bank-final.jpg

काठमाडौँ । विगत १६ वर्षदेखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंकले १२२ औँ शाखा सञ्चालनमा ल्याएको छ । 

देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको गरिमाले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ १२२ औँ शाखा कार्यालय सञ्चालन गरेको जनाएको छ । 

काठमाडौँ उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिएको गरिमाले जनाएको छ । 

यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं डिजिटल बैकिङ मार्फत् सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ