arrow

गरिमा विकास बैंकको निश्चित ब्याजदरमा सरल घर कर्जा र एसएमई आवधिक कर्जा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
garima-bank-loan-2080.jpg

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ । 

११.९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय–उद्यम शुरुआत वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

हाल गरिमाले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग ग्राहकलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ