arrow

गरिमाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
garima-bikas-bank-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले शेयर धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको २९७ औँ बैठकले आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिने छ । 

हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ १४ पैसा मात्र रहेकोमा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भए पश्चात रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा पुग्नेछ । 

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकासले देशभर १२३ शाखा कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ