arrow

गरिमा विकास बैंकले थाल्यो क्रेडिट कार्डमा किस्ताबन्दीको शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
garima-bikas-bank-emi.jpg

काठमाडौँ । गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको शुरुआत गरेको छ ।यस अन्तर्गत बैंकले सम्झौता गरेको बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने बैंकले जनाएको छ । 

साथै यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेश गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने भएको छ । 

बडा दशैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधामार्फत लाभ उठाउन सक्नेछन् । 

बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको जनाएको छ । 

गरिमाका अनुसार बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ