arrow

गरिमा विकास बैंकको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
garima-bikas-bank-2080-10-0.jpg

पोखरा । गरिमा विकास बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारण सभाले विकास बैंकको अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । 

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पू¤जी रहेको विकास बैंकको साधारण सभाबाट पारित ९.५० प्रतिशत बोनस शेयर वितरणपश्चात चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ । 

साधारण सभाको लागि २०८० पुस १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा पुस १६ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारण सभाबाट पारित बोनस शेयर प्राप्त गर्नेछन् ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ