arrow

बाँकेमा कोरोनाबाट थप १० को मृत्यु, मृतक १६९ पुगे 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट फेरि थप १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बिहीबार साँझ ५ बजे मृत्यु भएको हो । 

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की २७ वर्षीया महिलाको बिहीबार साँझ ५ बजेर ४० मिनेट र सोही अस्पतालमा नेपालगन्ज ६ का ५४ बर्षीय पुरुषको बिहीबार साँझ ६ बजेर ५० मिनेटमा मृत्यु भएको छ ।  

यस्तै भेरी अस्पतालमा बारबर्दिया ६ बर्दियाका ४७ बर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको छ।भेरी अस्पतालमै टिकापुर २ कैलालीकी ४८ बर्षीया महिलाको बिहबिार राति साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । 

फोकल पर्सन वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज ६ का ३४ बर्षीय पुरुषको शुक्रबार बिहान साढे १ बजे मृत्यु भएको छ। 

नेपालगन्ज १८ की ५६ बर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको छ भने नेपालगन्ज ३ का ५२ वर्षीय पुरुषको बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा नेपालगन्ज १२ की ६०  वर्षीया महिलाको शुक्रबार बिहान साढे ३ बजे र सोही अस्पतालमा शुक्रबार बिहान ६ बजे नेपालगन्ज १० की ५४ बर्षीया महिलाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन् । 

यी मृतकसंगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६९ बाहिरी जिल्लाको मृत्यु संख्या १३० पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ