arrow

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : तीन जनाको उम्मेदवारी दर्ता 

logo
 रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
three-nominee-rastra-sava.jpg

हेटौँडा । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा, नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको उम्मेदवारी परेको हो ।

तीनै जनाले हेटौँडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटा र तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । 

देबकोटाको प्रस्तावक नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थकमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् ।

त्यस्तै तामाङको प्रस्तावक नेमकिपा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईं छन् भने समर्थक पनि नेमकिपाकी सांसद सिर्जना सैजु रहेकी छिन् । निर्वाचन कार्यालयले बागमती प्रदेशमा रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्य तालिका तोकेको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचन यहीँ जेठ ६ गते तोकिएको छ । बागमती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र बागमती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेका छन् ।

निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । स्थानीय तह र प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ