arrow

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
bank-death.jpg

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १२ का  ६७ बर्षीय पुरुष, बढैयाताल ७ बर्दियाका ५२ बर्षीय पुरुष, नेपालगन्ज १ का ६४ बर्षीय पुरुष,नेपालगन्ज १४ की ३८ बर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज–१० की ३८ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७४ र बाहिरी जिल्लाको मृत्युु संख्या १३१ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ