- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज। बाँकेमा डेढ घण्टाको अवधिमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत नेपालगन्ज ४ का ५८ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्।
भेरी अस्पतालमा अर्का नेपालगन्ज २ का ७४ वर्षीय पुरुषको आज बिहान साढे १० भएको हो। त्यस्तै जानकी गाउँपालिका ३ की ५५ बर्सिया महिलाको आज बिहान साढे १० मृत्यु भएको वलीले बताए।
यो सँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ।