arrow

चेम्बरले एम्बुलेन्स सेवा प्रदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
nepal-chamber.png

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य समावेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।

हाललाई काठमाडौँ उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्ने छन्। एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छेत्रपाटी चिकित्सालयको मोबाइल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ