arrow

मेस्सीको गोलले पनि जितेन बार्सिलोना, उपाधिबाट टाढिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
messi-football-goal.jpg

काठमाडौं । कप्तान लियोनल मेस्सीको गोलसमेत जितका लागि पर्याप्त नभएपछि बार्सिलोनाको स्पेनिश ला लिगाको उपाधि जित्ने सपना टाढिँदै गएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना लेभान्तेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

लेभान्तेको मैदानमा भएको खेलमा शुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

खेलको २५ औं मिनेटमा लियोनल मेस्सी र ३४ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाले २–० को अग्रता बनाएको थियो । 

५७ औं मिनेटमा गोन्जालो मेलेरोले र ५९ औं मिनेटमा जोसे लुइसले गोल गर्दै लेभान्तेलाई २–२ गोलको बराबरीमा ल्याए ।

६४ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अग्रता दिलाए । तर ८३ औं मिनेटमा सेर्जियो लिओनले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

उपाधिबाट टाढियो बार्सिलोना
यो बराबरीले बार्सिलोना उपाधिबाट टाढिएको छ । बार्सिलोना ३६ खेलमा ७६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७७ अंक रहेको छ । तेस्रो स्थानको रियाल मड्रिडको ३५ खेलबाटै ७५ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ