arrow

बाँकेमा कोरोना मृत्युदर बढ्दै, थप १२ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
bheri-hospital.jpg

नेपालगन्ज ।बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ की ४७ बर्षीया महिला, बनगाड कुपिण्डे ६ सल्यानका ५० बर्षीय पुरुष, नेपालगन्ज १६ बाँकेकी ४९ बर्षीया महिला, नेपालगन्ज ५ बाँकेका ४४ बर्षीय पुरुष, मधु वन ६ बर्दियाका ५५ वर्षीय पुरुष र बढैया ताल बर्दियाका ६५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए। 

त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत घोडाघोडी नगरपालिका १ कैलालीका ६० बर्षीय पुरुष, कोहलपुर २ बाँकेकी ३० बर्षीया महिला र कोहलपुर १० बाँकेकी ४५ बर्षीया महिलाको मृत्यु भएको छ । 

यसै गरी नेपालगन्ज मेडिकल कलेजमै उपचाररत कोहलपुर ११ का ४१ बर्षीय पुरुष र कोहलपुर १४ कै ६४ बर्षीया महिलाको मृत्यु भएको  छ भने दाङको तुलसीपुरका ६६ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ