arrow

स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
syangja-lockdown

स्याङ्जा । स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । वैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

राजश्व सङ्कलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रूपमा बन्द गरिने भएको छ । बैङ्किङ सेवा बन्द भए पनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

यसअघिको निषेधाज्ञामा बिहान ५ बजेदेखि ९ र साँझ ५ देखि ७ बजेसम्म खाद्यान्नजन्य सामग्री खरिदको गर्न सकिने समय तोकिएको थियो । वैशाख २१ देखि ३१ गतेसम्म जारी भएको निषेधाज्ञा सङ्क्रमणको दर बढ्दो रूपले जान थालेपछि प्रशासनले थप कडाइका साथ जेठ १५ सम्म थपेको हो । 

कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लामा हालसम्म १४ पुरुष र ६ महिला सहित २० जनाले ज्यान गुमाए भने ६ सय २८ सक्रिय सङ्क्रमित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ