arrow

बादलको चिन्ह ‘सूर्य’ खिमलालको ‘कलम’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
badal.png

काठमाडौँ। बागमती प्रदेशतर्फ रिक्त एक सदस्यको ६ जेठमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह दिएको छ। जसअनुसार सत्तारुढ नेकपा एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सूर्य चिन्ह पाएका छन्।

यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चिन्ह पाएका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले मादल चिन्ह पाएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। आयोगले हेटौडाको भुटनीदेवी माविलाई मतदान स्थल तोकेको छ । यस्तै प्रदेश निर्वाचन कार्यालय हेटौँडामा उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।

राष्ट्रियसभा सदस्यको बागमती प्रदेशतर्फको रिक्त एक पदका लागि गत २४ वैशाखमा उम्मेदवारको मनोनयन दर्ता गरेको थियो। कलम चिन्ह पाएका देवकोटाले सङ्घीयता सम्बन्धी विज्ञ तथा एमाले निकट बुद्धिजीवी मानिन्छन्।

बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्। नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनलाई एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो। उनीमाथि पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो। त्यसपछि उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा बागमती प्रदेशसभाका १०९ जना सांसदले मतदान गर्नेछन् । त्यसै गरी, स्थानीय तहका २३८ जना प्रमुख/उपप्रमुखसमेत गरी कुल ३४७ जना मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मत भार ४८ हुनेछ भने स्थानीय जनप्रतिनिधिको मत भार १८ गणना हुनेछ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ