arrow

एट्लेटिको र रियालमध्ये एकलाई उपाधि, जिल्लियो मेस्सीको बार्सिलोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
real-madrid.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सीको बार्सिलोना फेरि पनि उपाधि जित्नबाट जिल्लिएको छ । गत सिजनमा कोरोनाले लिग रोकिनुपूर्व निरन्तर अग्रता लिएको बार्सिलोनाले त्यसपछि भएको खेलमा लगातार हार बेहोर्दा रियाल मड्रिडलाई उपाधि सुम्पेको थियो । 

यसपालि पनि त्यस्तै गरेको छ । उपाधिको होडमा पुगेकै बेला खराव प्रदर्शन दोहोर्याएपछि भने उपाधिको मुखमा पुगेर होडबाट बाहिरिएको छ । 

बार्सिलोनाको ३६ खेलबाट ७६ अंक छ । तर उभन्दा अगाडि रियाल मड्रिडको ७८ अंक छ भने एट्लेटिको मड्रिडको ८० अंक छ । बार्सिलोनाले उपाधि जित्न दुवै टिमले बाँकी दुवै खेल हारेर मात्र पनि पुग्दैन बार्सिलोनाले दुवै खेल जित्नुपर्छ । 

यो असम्भवबीच फेरि पनि बार्सिलोना उपाधि होडबाट चुकेको छ । यसपालिको उपाधि एट्लेटिको र रियालमध्ये एकले जित्नेछ । 

रियाल भर्सेस ग्रानाडा 
डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले बिहीबार राति भएको खेलमा ग्रानाडालाई ४–१ गोल अन्तरले पराजित गरेसँगै उपाधि होडलाई जिवितै राखेको छ । 

रियाललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रिओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे । ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

दुई खेलमात्र बाँकी रहँदा अहिलेसम्म एउटा टिम पनि रेलिगेशनमा परेको छैन । तर आइबार, इल्चे र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् । 

अबका भिडन्त महत्वपूर्ण 
३७ औं चरणमा एट्लेटिकोको भिडन्त ओसासुनासँग हुँदैछ । ओसासुना ११ औं स्थानमा छ । रियाल मड्रिडको भिडन्त एट्लेटिक बिलबाओसँग हुँदैछ । बिलबाओ नवौं स्थानमा छ । बार्सिलोनाको भिडन्त सेल्टाभिगोसँग हुनेछ । 

सेल्टाभिगो आठौं स्थानमा छ । एट्लेटिको र बार्सिलोनाले होम खेल खेल्दा रियाल मड्रिडले अवे खेल खेल्दैछ । यो खेलमा एट्लेटिको विजयी भइ रियाल पराजित हुँदा एक खेलअघि नै एट्लेटिकोले उपाधि जित्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ