arrow

बाँकेमा थप ८ सङ्क्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
corona-bake-death.jpg
फाइल तस्बिर

नेपालगन्ज। कोरोना सङ्क्रमणका कारण बाँकेमा थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ४ जना, बर्दियाका ३ जना र सल्यानका १ जना छन्।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-१ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुरबाबा-१ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज-१९ का ३९ वर्षीय पुरुष र  बनगाड कुपिण्डे-४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ-२ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर-९ बाँकेका ६१ वर्षीय पुरुष र गुलरिया-१० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

यो सँगै कोरोनाबाट बाँकेका २२९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १७५ जनाको मृत्यु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ