arrow

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
oxygen-cylinder-1620466948.jpg
फाइल तस्बिर

स्याङ्जा। जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ। कोभिड –१९ को परिवर्तित रूपको सङ्क्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ।

जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको  जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ