arrow

कास्कीमा लकडाउन कडाः अब सडकमा हिंडे पनि कारवाही

logo
हरि पन्त
प्रकाशित २०७८ जेठ १ शनिबार
pokhara-lockdawn.jpg

पोखरा । लकडाउनको समयमा घरमा बस्दाबस्दा दिक्क लागेर घरबाहिर जाँदै हुनुहुन्छ ? अब यसमा विचार गर्नुहोला । किनकी तपाइँ प्रहरीको फन्दामा पर्नुहोला ।

शुरुआती चरणमा तपाइँलाई प्रहरीले दुई घण्टा सडकमै उभ्याइदिन सक्छ र सम्झाएर पठाउन सक्छ । त्यसपछि पनि नमाने कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढ्न सक्छ ।

कास्कीमा एक साता थप गरिएको लकडाउन आजदेखि प्रारम्भ भएको छ । जेठ ७ गतेसम्म कडा लकडाउन जारी गरिएको छ । कास्कीको विशेषगरि पोखरामा कडाइ गरिएको छ ।

सडकमा आावश्यक हिंडडुल, साइकल यात्रा गर्न पनि दिइएको छैन । ‘प्रशासनको आदेश अनुसार नै हामीले सडकमा हिंड्ने पैदलयात्रीलाई रोकेका हौं’, कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले भने ।

उनका अनुसार पहिलो पटक सम्झाउने काम भइरहेको र आइतबारदेखि थप कारवाही हुन सक्नेछ । उनले अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह समेत गरेका छन् । उनले आज शनिबार करिब आठ सय सडकका पैदल तथा साइकल यात्रीलाई रोकेर सम्झाइ बुझाइ गरेर पठाइएको जानकारी दिए ।

विना काम हिड्ने तथा कार्यस्थलमा जान हिँडेका मजदूरलाई समेत रोक लगाइएको उनले बताए । निर्माण मजदूरलाई कार्यस्थलमै खाने बस्ने व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको भन्दै डिएसपी हमालले प्रशासनको निर्देशन सबैले पालना गर्नुपर्ने बताए । शुरुआती चरणमा दुई घण्टा सडकमै उभ्याइने र त्यसपछि पनि नमाने कानून अनुसार कार्वाही गरिने उनले स्पष्ट पारे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ