arrow

कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न क्रिकेटर सन्दीपले चाले अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
sandeep-lamichhane3.jpg
फाइल तस्विर।

काठमाडौं । कोरोना भाइरसको महामारीले विकराल रुप लिएका बेला सबैले आआफ्नो क्षेत्रबाट भूमिका निभाइरहेका छन् । यस्तोमा क्रिकेटर सन्दीप लामिछानेले नेपालमा महामारीका कारण चुलिएको सङ्कट न्यूनीकरणका लागि सहयोग गर्न एक अभियान सुरु गरेका छन् ।

अक्सिजन, आइसियु बेड, भेन्टिलेटर, अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला यस्ता अत्यावश्यक कुराहरूको सहयोगका लागि आर्थिक अभियान चालेका हुन् ।  सेन्चुरी कमर्सियल बैंकमा आजै खाता खोलेर रकम सङ्कलन गर्ने र सो रकम आवश्यक परेकाहरूको लागि खर्च गर्ने उनले बताएका छन् ।

महामारीको सङ्कट रोकिने बित्तिकै खाता बन्द गर्ने र सङ्कलित सम्पूर्ण रकमको हिसाब सार्वजनिक गर्ने र सबै लेखाजोखा पारदर्शी राख्ने समेत उनले बताएका छन् । इच्छुकहरूलाई सहयोगको आह्वान गर्दै उनले आफ्नो ट्विटर अकाउन्ट बैङ्कको विवरण उल्लेख गरेका छन् ।

सन्दिपले उक्त अभियानमा आफ्नो टिमको तर्फबाट तीन लाख रुपियाँ जम्मा गरेर अभियानको शुरुवात गरेका छन्। उनले अभियानका लागि ईच्छुक दाताले पैसा जम्मा गर्न उनले विवरण पनि दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ