- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षीय पुरुष, नेपालगन्ज १० की ६२ वर्षीया महिला, तुलसीपुर १३ दाङका ५० वर्षीय पुरुष र खजुरा २ बाँकेका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत शिवराज ५ कपिलवस्तुका ३८ वर्षीय पुरुष र मधुवन ७ वर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट बाँकेका २४२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १९८ जनाको मृत्यु भएको छ ।