- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके र बर्दियाका ३-३ जना तथा दाङ र कैलालीका १-१ जना छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा ५ बाँकेकी २८ वर्षीया महिला, खजुरा ३ बाँकेका ८५ वर्षीय पुरुष, बाँसगढी ४ बर्दियाका ४२ वर्षीय पुरुष, तुलसीपुर ३ दाङका ६५ वर्षीय पुरुष, बढैयाताल ८ बर्दियाका ४५ वर्षीय पुरुष, घोडाघोडी ४ कैलालीका ४५ वर्षीय पुरुष र गुलरिया ४ बर्दियाकी ६१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत राप्तीसोनारी ६ बाँकेका ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट बाँकेका २५६ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २१४ जनाको मृत्यु भएको छ ।