- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको एक सिटका लागि भएको उपनिर्वाचनमा मतदान सकिएको छ । मतगणना विहीबार साँझ ४ः३० बाट गरिने निर्वाचन आयोगले जनाएको छ ।
बिहान ९ बजेदेखि हेटौंडाको भुटनदेवि स्कुलमा मतदान ३ बजेपछि बन्द भएको हो । प्राप्त जानकारी अनुसार ३४७ मध्ये ३३८ जनाले मतदान गरेका छन् । नौं जना अनुपस्थित रहेका छन् । जसमा चार जना प्रदेश सभा सदस्य अनुपस्थित भए । तीन जना विवेकशिल, एक जना माओवादी केन्द्र र पाँच जना पालिकाका प्रतिनिधि अनुपस्थित रहे ।
मतदानमा कुल १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जना सहभागि भएका हुन् । उपनिर्वाचनमा नेकपा एमालेबाट बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।