arrow

भारतमा कोरोनाविरुद्धको सामग्री निर्यात गर्दा युएईले कर नलिने

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
uae-india-health-kit-supply.jpg

युएई। भारत कोरोनाविरुद्धको दोस्रो लहरका कारण आक्रान्त बनिरहेको छ। कोरोना भाइरस सङ्क्रमितहरू दैनिक ३ लाखभन्दा बढी देखिरहेका छन् भने मृत्यु हुनेहरूको सङ्ख्या पनि दैनिक बढिरहेको छ। यस्तो अवस्थामा विश्वका विभिन्न मुलुकहरूले कोरोना भाइरसविरुद्धका लडाइँमा भारतलाई सहयोग गरिरहेका छन्। 

कोरोना भाइरसको पहिलो लहरलाई सफलतापूर्वक नियन्त्रणमा लिँदै खोप उत्पादन गरेको भारतले विश्वका विभिन्न मुलुकहरूलाई खोप उपलब्ध गराइरहेको थियो। तर, अहिले भारतको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने गरी आएको दोस्रो लहरका क्रममा भारतलाई सहयोग गर्ने मुलुकहरूले विभिन्न स्वास्थ्य सामग्री, ओषधि, अक्सिजनलगायतको सहयोग गरिरहेका छन्।

यससँगै भारतमा कोरोनाविरुद्धको सामग्री निर्यातमा लाग्ने राजस्वमा छुट दिनेसमेत विभिन्न मुलुकका सरकारहरूले निर्णय गरेका छन्। जसमा युएईको वित्त मन्त्रालयले मे ३ मा एक विशेष निर्देशिका जारी गर्दै भारतमा कोरोनाविरुद्धको सामग्री पठाउँदा कुनै पनि प्रकारको राजस्व नलाग्ने जनाएको हो। यो निर्देशिका जुन ३० सम्म मात्रै लागु हुने बताइएको छ।

सरकारले विभिन्न सहयोग गर्न चाहने सङ्घसंस्थाहरू, कर्पोरेटहरू तथा विभिन्न सहयोगी दाताहरूले कोरोनाविरुद्धको सामग्री पठाउन चाहिरहेको भए पनि चर्को कर हटाउन माग गरिएपछि यस्तो निर्णय गरेको बताइएको छ। उनीहरूले भारतलाई निःशुल्क लाखौँको स्वास्थ्य सामग्री उपलब्ध गराइरहेका छन्। यससँगै यसअघि नै भन्सारमा रोकिएका कोरोनाविरुद्धका स्वास्थ्य सामग्रीहरूलाई पनि छोड्न सरकारले भन्सार कार्यालयहरूलाई आग्रहसमेत गरेको छ।

यसअघि पनि सरकारले केही अवधिका लागि कोरोनाविरुद्धका सामग्रीहरूका केही आधारभूत राजस्व लिने निर्णय गरेको थियो। जसमध्ये कोरोनाविरुद्ध प्रभावकारी मानिएको रेम्डेसिभिर ओषधि, फर्मासिटिकल सामग्रीहरूजस्तै बेटा साइक्लोडेक्ट्रिन, कोरोना परीक्षण किटमा केही छुट दिने निर्णय गरेको थियो। उक्त निर्णय अक्टोबर ३१ सम्म कार्यान्वयन गरिएको थियो।

कोरोनाको प्रभाव कम हुँदै गएपछि उक्त निर्णय हटाइएको थियो। फेरि सङ्क्रमण बढ्न थालेपछि जीवन रक्षाका लागि सरकारले यस्तो निर्णय गरेकोसमेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ