arrow

रुकुम काँग्रेस नेता केसीद्वारा कोरोना विरुद्ध लड्न २ लाखको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
nepali-congress-flag.jpg_1618043342.jpeg

मुसिकोट । युवा व्यवसायी नेपाली काँग्रेस रुकुमका महाधिवेशन प्रतिनिधि राजु केसीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने उद्देश्यले रुकुम पश्चिममा २ लाख बराबरको सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिका वडा नं। १ खलङ्गा घर भई हाल काठमाडौँमा रहनु भएका आरटी ट्रेडर्स प्रालि का सञ्चालक समाजसेवी केसीले शुक्रवार स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सामाग्री र सहायता फाउन्डेसनको कोषमा रकम जम्मा गरेर सहयोग उपलब्ध गराएका हुन् ।

जिल्लामा कोरोना सङ्क्रमितको दर दैनिक बढेको र एन्टिजीन किटको अभावका कारण परीक्षणको दायरा कम भएपछि उनले स्वास्थ्य सेवा कार्यालयलाई  सहयोग गरेको बताएका छन् । उनले शुक्रवार एन्टिजिन परीक्षण किट २ सय थान, सर्किजल फेस मास्क २ हजार ५ सय थान, अक्सोमिटर १२ थान समाजसेवी शिवराम खत्री मार्फत कार्यालयलाई हस्तान्तरण गरेका हुन् । यी सामाग्रीहरूको मूल्य १ लाख ६१ हजार ४ सय ९९ रहेको केसीले बताए ।

त्यसै गरी उनले शुक्रवारै कोरोना सङ्क्रमण न्यूनीकरणमा सहयोग पुर्‍याउने हेतुले रुकुम पश्चिममा सञ्चालन गरिएको सहायता फाउन्डेसनको खातामा ३८ हजार ५ सय रकम जम्मा गरेका छन् ।

यसका साथै उनले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई पनि ५ सय थान सर्किजल मास्क र १ वटा अक्सोमिटर समाजसेवी शिवराम खत्री मार्फत प्रदान गरेका छन् । यति वेला विश्वव्यापी कोरोनाको महामारीमा देश र जनता जुधिरहेको अवस्थामा आ(आफ्नो तह र तप्काबाट सहयोगमा जुटौँ र जुटाऔँ भन्ने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरेको केसीले बताएका छन् । उनले हालको यो महामारीको परिस्थितिमा सम्पूर्ण देशवासीहरूमा कोरोना विरुद्ध लड्ने क्षमता बढोस् भन्दै सम्पूर्ण देशवासीहरूलाई सुरक्षित रहन समेत अनुरोध गरेका छन् ।

रुकुम पश्चिममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक जना व्यक्तिद्वारा ठुलो सहयोग प्रदान भएको यो पहिलो हो । केसीले विपद् लगायत अन्य समयमा पनि जिल्लामा सहयोग गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ