arrow

पोखरामा नेविसंघको विरोध प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ ८ शनिबार
NSU-demostration-pokhara.jpg

पोखरा । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले गण्डकी प्रदेशको राजधानी पोखरामा राँके जुलुस प्रदर्शन गरेको छ । पोखराको न्यूरोडमा नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वडा प्रहरी कार्यालय वैदामकी प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङको नेतृत्वमा खटिएको करिब तीन दर्जन प्रहरीले नेविसंघको प्रदर्शनलाई हस्तक्षेप गरेको थियो ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उक्त अवसरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले विद्यार्थीको आन्दोलन पोखराबाट शुरु भएको र देशैभरि गर्ने चेतावनी दिए । 

अर्का पूर्व केन्द्रीय सदस्य सरोज केसीले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै अब नेविसंघ चुप लागेर नबस्ने चेतावनी दिए ।

नेपाल दलित विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपालीले कोरोना सङ्क्रमणको महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवन झन् सङ्कटतिर धलेकेको आरोप लगाए ।

नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात संसद् विघटन गरेर निरङ्कुश कदम चालेको भन्दै नेविसंघले कडा आन्दोलन गर्ने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ