arrow

राष्ट्रपतिको कदम विरुद्ध झापामा नेविसंघको मसाल जुलुस 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ ९ आइतबार
jhapa-nsu.JPG

झापा । राष्ट्रपति विद्यादेवी भण्डारीको अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध झापाको गौरादहमा नेविसंघले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ गौरादह नगर समितिको आयोजनामा  राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो । 

स्वतःस्फूर्त रूपमा बजारको मध्य भागबाट निस्किएको मसाल जुलुस सहितको र्‍यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी समेत गरेका थिए ।

जुलुस पश्चात्  विरोध प्रदर्शन स्वरूप गौरादहको डिपुचोकमा विरोध जनाउँदै  विद्यार्थीहरूले  राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै  विरोध प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीको विषम परिस्थितिमा मानव स्वास्थ्यको सुरक्षाको ग्यारेन्टी गर्नुको सट्टा ओलीको सरकार जोगाउन राष्ट्रपति कार्यालयको गरिमा समेत भुलेर  विद्या भण्डारी लागेको ठहर गर्दै बिद्यार्थीहरुले संविधानको रक्षार्थ शक्ति प्रदर्शन गरेका हुन ।

नेविसंघ नगर सभापति बाबुराम नेपालको नेतृत्वमा निकालिएको विरोध जुलुसमा  केपी ओली र विद्या  भण्डारीको सेटिङमा मध्यरातमा  भङ्ग गरिएको संसद विघटनको खारेजको माग गर्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।

विद्यार्थीको विरोध प्रदर्शनलाई इलाका प्रहरी कार्यालय गौरादहको टोलीले डिपुचोकमा हस्तक्षेप गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ