arrow

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन 

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७८ जेठ ९ आइतबार
nsu-julush-dahan.JPG

बझाङ । प्रधानमन्त्री केपी सर्मा ओलीले शुक्रवार प्रतिनिधि सभाको विघटन गरेको विरोधमा नेपाल विद्यार्थी सङ्घ बझाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपालीका काँग्रेसको पाटी कार्यालयबाट नारा जुलुस गर्दै नेबिसंघले चैनपुर चौराहा नजिकै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
 
संविधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गरी मुलुकलाई अस्थिरता तिर धकेलेको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरेको नेबिसंघ बझाङका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए । 

असंवैधानिक कदम मुर्दावाद , भन्दै र्‍याली निकाली बजार परिक्रममा गरेको थियो । देश कोरोना सङ्क्रमणमा आक्रान्त भई रहेका बेला देश र जनता प्रति सरकार उत्तरदायी नभएको र उल्टै संवैधानिक कदम चालेकाले यसका विरुद्धमा पुत्ला दहन गरेको आन्दोलनमा सहभागी नेपाली काँग्रेसका नगर सभापति हिरेन्द्र छत्यालले बताए। 

आन्दोलनमा नेबिसंघका अध्यक्ष दीपक भण्डारीको नेतृत्वमा विद्यार्थी नेता  खगेन्द्र खड्का,शिद्धराज जोशी, नारायण हमाल, विनोद कठायत ,जगत खड्का लगायतका दर्जनौँ नेताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ