arrow

हुम्लामा नेविसंघको मसाल जुलुस 

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ ९ आइतबार
nsu-julush.JPG

हुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीको अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध हुम्लाको सदरमुकाम सिमकोटमा नेविसंघले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति हुम्लाको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।

सदरमुकाम सिमकोट बजारका एर्पोट चोकबाट निस्किएको मसाल जुलुस सहितको र्‍यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउँदै काली चोकमा पुगेर राष्ट्रपति बिदादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाइएको छ ।

आइतबार बेलुका सिमकोटमा गरिएको विरोध मसाल जुलुसमा  विद्यार्थीहरूले  राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै  विरोध प्रदर्शन गरेको नेपाल विद्यार्थी सङ्घ हुम्लाले जनाएको छ ।  

कोरोना महामारीको विषम परिस्थितिमा मानव स्वास्थ्यको सुरक्षाको ग्यारेन्टी गर्नुको सट्टा ओलीको सरकार जोगाउन राष्ट्रपति कार्यालयको गरिमा समेत भुलेर  विद्या भण्डारी लागेको ठहर गर्दै बिद्यार्थीहरुले संविधानको रक्षार्थ शक्ति प्रदर्शन गरेका हुन ।

नेविसंघ हुम्लाका सचिव विनोद लामाको नेतृत्वमा निकालिएको विरोध जुलुसमा  केपी ओली र विद्या  भण्डारीको सेटिङमा मध्यरातमा  भङ्ग गरिएको संसद विघटनको खारेजको माग गर्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएलले पनि राष्ट्रपति बिदादेवी भण्डारीको अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध हुम्लाको सदरमुकाम सिमकोटमा मसाल जुलुस प्रदर्शन गरेको छ । 

सदरमुकाम सिमकोट बजारका रल्लिङ होटेल चोकबाट निस्किएको मसाल जुलुस सहितको र्‍याली गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउँदै  लोकतन्त्र  चोकमा पुगेर राष्ट्रपति बिदादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ