arrow

नेविसंघ कास्की एकद्वारा  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन र मशाल जुलुस प्रदर्शन

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ १० सोमबार
NSU-Pokhara-torchrally.jpg

पोखरा । नेविसंघ कास्की क्षेत्र नम्बर १ को लेखनाथमा विरोध एवं मशाल जुलुस प्रदर्शन गरेको छ । संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै नेविसंघले विरोध गरेको हो ।

लेखनाथको तालचोकमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर उनीहरूले विरोध गरे । उक्त अवसरमा नेविसंघ कास्कीका पूर्व सभापति कल्याणबाबु भण्डारीले ओली र विद्याले यो देशलाई दाउमा राखेर आफ्नो सत्ता टिकाउने खेलमा लागेको र देशको स्वाभिमान पनि बेच्न तयार भएको आरोप लगाए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नम्बर १ का सभापति सागर रानाभाटले प्रधानमन्त्री र राष्ट्रपतिले देशको लोकतन्त्र सिद्ध्याउने र देशलाई दुर्घटनातर्फ लैजान खोजिएको बताए ।

विरोध कार्यक्रममा नेविसंघका नेता राजीव भण्डारी, विपिन नेपाली सुशान त्रिपाठी, निशान्त ढकाल, अनिष बस्नेत, राजन भण्डारी सुनील कुमाल, ईश्वर भण्डारी, प्रशान्त भण्डारी लगायतका नेता कार्यकर्ता सहभागी थिए ।  कार्यक्रम संघका क्षेत्रीय सभापति सागर रानाभाटको अध्यक्षतामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ