arrow

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
Banke-hamrakura.jpg.jpeg

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ जना, रुकुम पश्चिममा २ जना र दाङ र सल्यानका १/१ जना छन् ।  

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी ५ बाँकेका २३ वर्षीय पुरुष, आठविसकोट १० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष, लमही ६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी ६ बाँकेका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाफीकोट १० रुकुम पश्चिमकी ६६ वर्षीया महिला र छत्रेश्वरी ५ सल्यानका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट बाँकेका २८१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २५९ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ