- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि अब वालेटबाट पनि सेवा दिन थालेको छ। यो सँगै सेलपे सेवा बैङ्क खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक बनेको छ। नेपाल राष्ट्र बैङ्कबाट वालेट अनुमति प्राप्त गरे सँगै अब सेलपेका ग्राहकहरूले बैङ्क लिङ्क मार्फत वा वालेट लोड गरी कारोबार गर्न कम्पनीले जनाएको छ।
यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ। जसमा ग्राहकहरूलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरू गरिएको छ। यस कारण अब, ग्राहकहरूले बिना कुनै झन्झट सेवा लिन सक्ने छन्। साथै सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरू खरिद गर्न पनि सक्ने छन्।
नयाँ सेवा सुरु गरेको उपलक्ष्यमा कम्पनीले विभिन्न अफरहरू समेत ल्याएको छ। “मेरो वालेट सेलपे वालेट” योजना अन्तर्गत कम्पनीले मोबाइल टपअप र टिभी महसुल भुक्तानीमा ५ प्रतिशत र इन्टरनेटको महसुलमा १.५ प्रतिशत नगद फिर्ताको अफर सार्वजनिक गरेको छ। साथै, नेपाल टेलिकमको डाटा प्याकको एक घण्टा अन्लिमिटेड टक मात्र ११ रुपैयाँमा र एनसेल डाटा प्याकको एक दिन अन्लिमिटेड टक मात्र २१ रुपैयाँको अफर ल्याएको छ। त्यस्तै वालेट लोड गर्दा लक्की ड्र मार्फत सामसुम एस २१ अल्ट्रा जित्न सकिने अफर कम्पनीले ल्याएको हो।
यो अफर योजना ज्येष्ठ १३ गते देखि असार १२ सम्म लागु हुनेछ। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैङ्क खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने कम्पनीका विशेषताहरू हुन्।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेट महसुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैङ्क खाताबाट अन्य बैङ्क खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटूपी, पिटूबी, बिटूपी, बिटूबी आदि वास्तविक समयमा गर्न सकिन्छ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोबार बैङ्किङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैङ्कहरूका खाताका साथै वालेट लोड बाट पनि ग्राहकहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पस्टोरमा उपलब्ध छ।