arrow

प्रेस युनियन पाँचथरद्वारा भण्डारीको उपचारार्थ ४ लाख बढी रकम सङ्कलन

अहिले सम्म सबै सङ्घ संस्था बाट गरेर ७ लाख बढी रकम सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
ekraj-bhandari.JPG

पाँचथर । नेपाल प्रेस युनियन पाँचथरका पूर्व उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ पाँचथर उपाध्यक्ष एकराज भण्डारीको उपचारार्थ नेपाल प्रेस युनियन पाँचथरले ४ लाख बढी सहयोग रकम सङ्कलन गरेको छ । 

कोभिड १९ कोरोना सङ्क्रमण भई उपचारार्थ झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलमा भेन्टिलेटर कक्षमा उपचाररत भण्डारीको उपचारका लागि उक्त ४ लाख २९ हजार ७ सय ९२ रुपैयाँ रकम सङ्कलन भएको हो ।

अहिले सम्म भण्डारीको उपचारका लागि २ लाख ६० हजार १ सय ६५ रुपैयाँ रकम (उहाँको र श्रीमतीको बेक खातामा) युनियनले जम्मा गरिसकेको छ । अब बाँकी रकम पनि आवश्यकता अनुसार परिवारका सदस्यलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको युनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले बताए ।

जिल्लाका सम्पूर्ण सञ्चारकर्मी,सङ्घ संस्था,उद्योगी,व्यवसायी,विद्यालय,सङ्घ संस्था सबै बाट गरी उक्त रकम सङ्कलन भएको हो । दैनिक ५० देखि ६० हजार रुपैयाँ खर्च भण्डारीको उपचारको निम्ति आउन थालेपछि युनियनको पहलमा रकम सङ्कलन गरिएको युनियनले जनाएको छ । यस्तै युनियन बाहेक अन्य सङ्घ संस्था तथा व्यक्ति बाट पनि भण्डारीको उपचारको लागि सहयोग रकम जुटेको छ । 

अहिले सम्म हिलिहाङ गाउँपालिकाले १ लाख रुपैयाँ,नेपाल पत्रकार महासङ्घ झापाको तर्फबाट ७५ हजार ५ सय रुपैयाँ, कञ्चनजङ्घा एकेडेमी माध्यमाकी विद्यालय(सञ्चालक,कर्मचारी बाट) ५० हजार रुपैयाँ, कञ्चनजङ्घा सहकारी फिदिम बाट ३२ हजार १ सय रुपैयाँ, मार्कण्डेय भण्डारी समाज अमरपुर बाट ३४ हजार १ सय रुपैयाँ,नौलो साहित्य बिहान बाट ५ हजार रुपैयाँ सङ्कलन भएको ती सङ्घ संस्थाहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ