arrow

रेडक्रस स्याङ्जाबाट स्वास्थ्य संस्थालाई सामग्री

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
help-redcoress.jpg

स्याङ्जा । नेपाल रेडक्रस स्याङ्जाले जिल्लाभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई सामग्री वितरण गरेको छ । कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्रीको आवश्यकतालाई मध्य नजर गर्दै जिल्लाका स्वास्थ्य संस्थालाई सामग्री वितरण गरेको हो । जापानी रेडक्रसको सहयोगमा १ लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको रेडक्रस स्याङ्जाका मन्त्री दिनेश अर्यालले जानकारी दिए । 

उनका अनुसार बिहीबार पुतलीबजार नगरपालिकाको करेण्डाँडा स्वास्थ्य चौकी, भीरकोट, वालिङ, गल्याङ् नगर अस्पतालमा स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको बताए । जिल्लाका ग्रामिण क्षेत्रमा संक्रमण बढ्दो रुपमा जान थालेपछि रेडक्रस स्याङ्जाले आवश्यकताको महशुश गरेर स्वास्थ्य सामग्री वितरणलाई तिब्रता दिएको छ । 

जिल्ला ११ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा क्रमश स्वास्थ्य सामग्री वितरण गरिने मन्त्री अर्यालले बताए । जिल्लाका हरेक विपद्मा रेडक्रसले सहयोगलाई निरन्तरता दिएसँगै यो स्वास्थ्य माहामारीमा पनि सहयागी हात फैलाएको छ । 

अर्यालका अनुसार बिहिवार वितरण गरिएको सामग्रीमा पीपीई ग्लोब्स, स्यानिटाइजर, मास्क, सावुन रहेका छन् । करेण्डडाँडा र गल्याङ्मा स्वास्थ्यकर्मी मार्फत र वालिङ, भीरकोटमा नगर उपप्रमुख, प्रमुखलाई हस्तान्तरण गरिएको छ । 
 
विपद्का बेला जिल्ला रेडक्रस सहयोग लिएर आउने गरेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए । जहाँ विपद् छ त्यहाँ रेडक्रस छ भन्ने भावना जागृत गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा नगर प्रमुख खनालले आभार व्यक्त गरे । त्यस्तै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्य संकटका बेला रेडक्रसले देखाएको सहयोगी भावनाको उच्च मुल्याङ्कन हुने बताइन् । यस्ता मानवीय विपद्मा रेडक्रसले देखाएको प्रति लक्षित गर्दै उपप्रमुख तिवारीले संवेदनशील घडीमा रेडक्रसले गर्ने सहयोगको निरन्तरताको अपेक्षा समेत राखिन् । 
स्वास्थ्यको माहामारीको चपेटामा परेको हाम्रो मुलुकलाई जापानी रेडक्रसले सहयोग गरेको बताउदै रेडक्रस स्याङ्जाका मन्त्री अर्यालले अन्तराष्टिञय रेडक्रसलाई गुहारेर पनि जिल्लाबासीको स्वास्थ्य सुरक्षामा चासो दिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ