arrow

कमल थापा भन्छन् : निर्वाचनको विकल्प छैन, संसद् पुनः स्थापना भए ओली नै प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
kamal-thapa-new.jpeg
फाइल तस्बिर

काठमाडौँ। राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद् पुनः स्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्‍याएका छन्। थापाले चुनाव छाडेर अदालत जानेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनः स्थापना भए पनि प्रधानमन्त्री बनाउने दाबी गरेका छन्।

थापा भन्छन्, 'ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्। चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद् पुनर्स्थापना भएमा पुन ओली नै प्रम हुन्छन्। यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ