arrow

सुर्खेतमा निषेधाज्ञा थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
lockdown-surkhet.jpg
फाइल तस्बिर

कर्णाली। कोरोना भाइरस रोकथामका लागि सुर्खेतमा एक महिनादेखि जारी निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन समितिको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएका हुन्।

जिल्लामा सङ्क्रमणको दरमा केही कमी देखिएपनि सङ्क्रमणको जालो तोड्न केही समय लाग्ने देखिएकाले निषेधाज्ञाको समय बढाउनुपरेको प्रशासनले जनाएको छ। यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो।

प्रजिअ रिजालले निषेधाज्ञाले मानिसहरूको आवागमन, भिडभाड तथा चहलपहल नियन्त्रण भएपछि सङ्क्रमणको ‘चेन बे्रक’ हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे। जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुर्खेतमा हालसम्म १० हजार बढीमा कोभिड सङ्क्रमण देखिएको छ। यहाँ शुक्रबारसम्म दुई हजार ४०१  कोरोनाका सक्रिय सङ्क्रमित छन्।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेश सरकारबाट कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने मृतकका परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएको रु. एक लाख उपलब्ध गराउन अनुरोध गरेको छ।

त्यस्तै, बैठकले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई आवश्यक मनोसामाजिक परामर्शका गतिविधि सञ्चालन गर्न, पिसिआर नतिजा समयमै उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ