arrow

नेपाल टेलिभिजन महाप्रबन्धक हुमागाई पुनःवहाली, कर्मचारीको आन्दोलन निभ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1197990076.jpeg
काठमाडौं । कर्मचारीको कडा विरोधबीच नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईंको पुर्नवहाली भएको छ । टेलिभिजनमा विज्ञापन प्रसारणबापत नक्कली बैंक ग्यारेन्टी प्रकरणमा मुछिएपछि कारबाहीमा परेका हुमागाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा २०७१ फागुन १४ देखि हाजिर गरिरहेकामा कानुनी निकायबाट सफाइ पाएका छन् ।
 
वर्तमा संचारमन्त्री शेरधन राईको पहलमा हुमागाई पुनःबहाली भएको भन्दै एक दिन अघि मात्रै टेलिभिजनमा कार्यरत कर्मचारीहरुले तालाबन्दी गरेका थिए । हुमागाईलाई मन्त्रालयले पुरानै काममा फर्काएको छ । हुमागाईले फर्जी काममा संलग्न कर्मचारी र व्यक्तिलाई कारबाही गराउन पहल गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी र सम्बन्धित बैंकबाट तीन महिनाअघि सफाइ पाएका थिए । 
 
पुर्नवहालीपछि हुमागाईले पुनः पुरानै जिम्मेवारीमा फर्काइएपछि संस्थाको हितमा निरन्तर काम गर्ने बताए । उनको अनुपस्थितिमा यसबीचमा दीपकमणि धिताललाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो । हुमागाईको फिर्तीलाई कर्मचारी युनियनले विरोधको तयारी गरे पनि मन्त्रालयको पहलमा सहमतिपछि बहाली भएको हो । हुमागाई खुल्ला प्रतिस्पर्धाबाट २०६९ कार्तिक १६ मा नियुक्त भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ