arrow

लुम्बिनीमा उपनिर्वाचनः  कारवाहीमा परेका चार मन्त्रीले पनि मतदान गर्न पाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
election-commission1-1618997712.jpg

काठमाडौं । लुम्बिनी प्रदेशतर्फ राष्ट्रिय सभामा रिक्त एक पदका लागि भोली(सोमबार) हुने उपनिर्वाचनमा जसपाबाट कारवाहीमा परेका चार प्रदेश सदस्यले पनि मतदान गर्न पाउने भएका छन् ।

आयोगले सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश सभाबाट कारवाही नगर्ने सम्वन्धि पत्र प्राप्त गरेपछि आज उनीहरुको नाम मतदाता नामावलीमा समावेश गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगको आइतबारको निणर्यपछि अब प्रदेश सरकारमा रहेका चार जना मन्त्रीले पनि भोलीको उपनिर्वाचनमा मतदान गर्न पाउने जानकारी दिएका हुन् । उनीहरुको नाम मतदातानामावलीमा समावेश भइसकेको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको बताएको छ । लुम्बिनीतर्फको उपनिर्वाचनमा दुई उम्मेदवार प्रतिष्पर्धामा छन् भने प्रदेश सभातर्फका ८३ सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ जना गरी कूल तीन सय मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा नेकपा एमालेतर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेससहितका विपक्षी गठवन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ