arrow

बाँकेमा मंगलवार थप सात संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
dead2.jpg

बाँके । कोरोना संक्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५  र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार मंगलवार मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोमबार ५:३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।  

ओलीका अनुसार मृतकमध्ये दुई-दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक-एक गरी सात जना छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ