arrow

एन्सेलोटी फेरि फर्के रियालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
coach-real.jpg

काठमाडौं । कार्लो एन्सेलोटीले जिनेदिन जिदानलाई विस्थापित गरेका छन् । स्पेनिश फुटबल क्लब रियाल मड्रिडले एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

रियालले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्सेलोटीले रियालसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२४ सम्म रियालमा रहने छन् ।

मुख्य प्रशिक्षक जिदानले क्लब छाडेपछि रियालले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लब फर्काएको हो । एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए ।

६१ वर्षीय अनुभवी प्रशिक्षक इङ्गलिश क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ